काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार देखिएको छ। शनिबार वीर अस्पतालमा भर्ना भएका मन्त्री पौडेल मंगलबारसम्म पनि अस्पतालमै उपचाररत छन्।
वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माका अनुसार मन्त्री पौडेलको ज्वरो क्रमशः घट्दै गएको छ। प्रारम्भिक लक्षणअनुसार झाडापखाला र ज्वरो देखिएपछि उनलाई एक्युड ग्याष्ट्रोइन्ट्राइटिस भएको पुष्टि भएको अस्पतालका फिजिसियन डा. ध्रुव गैरेले जानकारी दिए।
“स्वास्थ्यमा सुधार आएसँगै उहाँले सामान्य खाना खान पनि थालिसक्नुभएको छ,” डा. गैरेले भने।
थाइल्याण्ड भ्रमणबाट फर्किएलगत्तै बिरामी परेका मन्त्री पौडेल हाल चिकित्सकको निगरानीमा छन्। अस्पतालले आवश्यक परीक्षण तथा औषधोपचार जारी राखेको जनाएको छ।
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार













प्रतिक्रिया