काठमाडौं ।  रौनक श्रीवास्तवको धमाकेदार शतकको मद्दतमा नेपालले एसिसी यु-१६ इस्ट जोन कप अन्तर्गत भुटानमाथि २ सय ९८ रनको विशाल जित हासिल गरेको छ।

advertisement

मलेसियामा जारी प्रतियोगिताको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनायो। रौनकले १३२ बलमा १६ चौका र ५ छक्का सहित १६८ रनको शतकीय इनिङ खेले। शिवान्श बजगाईंले ५४, जोय थापाले अविजित ६१ र सुगम बुढाथोकीले ३५ रनको योगदान गरे।

३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमै ६० रनमा समेटियो। कप्तान विपिन शर्माले ४ विकेट लिए भने सचिन भट्ट र सुयोग भट्टराईले २–२ विकेट लिए।

नेपाल समूह ‘ए’ मा चारै खेल जित्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ। अब नेपालले बिहीबार मलेसियासँग सेमिफाइनल खेल्नेछ। प्रतियोगिताको फाइनल असार २१ गते हुनेछ।

नेपाल गत संस्करणको डिफेन्डिङ च्याम्पियन हो।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com