काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा एकैदिन २ हजार ४ सय रूपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य १ लाख ८८ हजार १ सय रूपैयाँ थियो।

advertisement

चाँदीको भाउ पनि प्रतितोला ५ रूपैयाँले बढेर २ हजार १ सय ५५ रूपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३,३३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com