काठमाडौं । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार पदबाट निलम्बन गरेको छ।
कम्बोडियासँगको सीमा विवादमा मन्त्रिपरिषद्को नैतिकता उल्लंघनको आरोप लागेपछि अदालतले उनलाई निलम्बन गरेको हो।
अदालतले ७–२ को बहुमतले निर्णय गर्दै आगामी आदेश नआएसम्म सिनावात्रालाई प्रधानमन्त्रीको कार्यभारबाट निलम्बन गरेको जनाएको छ।
सिनावात्रा राजनीतिक रूपमा प्रभावशाली सिनावात्रा परिवारकी सदस्य हुन्। उनका पिता थाक्सिन सिनावात्रा पूर्वप्रधानमन्त्री तथा विवादित शाही मानहानि मुद्दामा फौजदारी अभियोग सामना गरिरहेका छन्।
सत्तामा आउन एक वर्ष नपुग्दै सिनावात्रालाई निलम्बन गरिनु थाइल्यान्डको राजनीतिक अस्थिरता र रूढीवादी तथा अभिजात वर्गबीचको टकरावलाई पुनः उजागर गर्ने घटनाका रूपमा हेरिएको छ।
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार













प्रतिक्रिया