काठमाडौं । लागू औषध नियन्त्रण ब्युरोले विशेष सूचनाको आधारमा देशका दुई स्थानबाट ठूलो परिमाणको लागू औषध गाँजा र अफिम बरामद गर्दै ७ जनालाई पक्राउ गरेको छ।

ब्युरोका अनुसार खटिएको टोलीले असार १६ गते बिहान मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ५ स्थित पोखरी रिवन क्षेत्रबाट १०७४ किलो गाँजा सहित पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाथीभरा, मकवानपुरमा बुझाइएको छ।

advertisement

त्यस्तै, सोही दिन साँझ ९ बजे लागू औषध नियन्त्रण ब्युरो धनगढी शाखाको टोलीले कैलालीको गोदावरी नगरपालिका वडा नं. १ बाट २.७ किलो अफिम सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय सुखडमा बुझाइएको छ।

पक्राउ परेकाहरूलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको ब्युरोले जनाएको छ।

गाँजासहित पक्राउ परेका व्यक्तिहरू:

हरीबहादुर थिङ, ५२ वर्ष, कैलाश गाउँपालिका–५, मकवानपुर, बब्बु बहादुर पार्की ४८ वर्ष, भेष बहादुर थिङ उर्फ पोहोर थिङ, ३६ वर्ष र राजेन्द्र लामा, १९ वर्ष।

अफिमसहित पक्राउ परेका व्यक्तिहरू:

लोकेन्द्र शाही, ४३ वर्ष, सानफेगाउँ गाउँपालिका–८, डोटी, शशि शाही, २६ वर्ष, कैलाली र पुण्यमान पुन मगर, ३२ वर्ष, सुखड गाउँपालिका–३, कैलाली ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com