काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा गायिका एलिना चौहान र समीक्षा अधिकारीमाथि भइरहेका दुर्व्यवहारका सन्दर्भमा गृहमन्त्री रमेश लेखकले व्यक्त गरेको समर्थनप्रति कटाक्ष गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले गृहमन्त्री लेखकले एलिना र समीक्षालाई न्याय दिने भनाइप्रति प्रश्न उठाएका छन्। उनले गृहमन्त्रीलाई लक्षित गर्दै भनेका छन्, “आफ्नै जिल्लाकी निर्मला पन्तलाई न्याय दिलाउन नसक्ने व्यक्ति अहिले गायिका दिदीबहिनीलाई न्याय दिलाउने भनेर आश्वासन दिइरहेका छन्? यो कति यथार्थ हो?”

advertisement

शाहीको भनाइमा, गृहमन्त्री लेखक कैलालीकै हुन्, जहाँ निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो, तर त्यो घटनामा अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन। त्यसैले उनले एलिना र समीक्षालाई न्याय दिने कुरा विश्वासयोग्य नदेखिएको टिप्पणी गरेका छन्।

यसैबीच, गायकद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफूहरूलाई लक्षित गर्दै भइरहेको दुर्व्यवहारबारे गृहमन्त्रीसँग भेट गरी जानकारी गराएका थिए। गृहमन्त्री लेखकमाथि दुर्व्यवहारको विषयमा ध्यान दिएर आवश्यक सहयोग आश्वासन दिएका थिए, जसप्रति दुवै गायिकाले धन्यवाद पनि प्रकट गरेका छन्।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com