काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हालको राजनीतिक नेतृत्वप्रति जनतामा आक्रोश र निराशा देखिए पनि लोकतान्त्रिक व्यवस्थाप्रति जनसमर्थन घटेको छैन भन्ने धारणा राखेका छन्।

धनुषामा आयोजित पार्टीको सातौँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले राजनीतिक विचलन, सेवा प्रवाहमा देखिएको कमजोरी र प्रतिक्रियावादी सोचका कारण जनआक्रोश बढेको स्वीकार गरे। तर, उनले यो अवस्था सुधार गर्न सकिने भन्दै जनताको विश्वास कायम राख्न र प्रभावकारी सेवा प्रवाहमार्फत त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।

advertisement

“राजनीतिमा देखा परेका पुँजीवादी र प्रतिगामी प्रवृत्तिहरूले कम्युनिस्ट आन्दोलनलाई नै बदनाम पार्न थालेका छन्,” उनले भने, “यस्तो अवस्थाप्रति सबै सचेत हुन आवश्यक छ।”

पतञ्जलि समूहसँग जोडिएको जग्गा प्रकरणबारे बोल्दै अध्यक्ष नेपालले आफू न त डराउने हो, न त उम्किन खोज्ने हो भन्ने स्पष्ट पारे। “कुनै पनि विषयमा छानबिन आवश्यक परे त्यसको सामना गर्न तयार छु,” उनले भने।

अध्यक्ष नेपालले राजनीतिक विश्वास पुनःस्थापना गर्न इमानदार र जनमुखी कार्यशैली आवश्यक रहेको उल्लेख गर्दै पार्टी कार्यकर्तालाई निष्ठा, आत्मआलोचना र जिम्मेवारीको भावना लिएर अघि बढ्न आग्रह गरे।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com