काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको फैसाल आज सुनाउँदै छ । संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गरी अध्यादेश ल्याई ५२ संवैधानिक पदमा नियुक्ति गरिएको थियो ।

विसं। २०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका ५२ संवैधानिक नियुक्तिविरुद्धको फौसला सर्वोच्चले बुधबार सुनाउन लागेको हो ।

advertisement

संवैधानिक निकायमा नियुक्तिविरुद्ध २०७७ पुस १ देखि २०७९ साउन १० गतेसम्म १५ वटा रिट दायर भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा पौडेलका साथै डा। पुण्यप्रसाद खतिवडालगायतले विभिन्न मितिमा रिट दायर गर्नुभएको थियो । अर्याल, शर्मा र त्रिपाठीलगायतको रिटमा ती नियुक्ति संविधान र कानुनविपरीत रहेको दाबी गरिएको छ ।

सो रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएसँगै जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो ।

तर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीबिच भएको लामो छलफलपछि  असार १८ गते निर्णय सुनाउने मिति सारिएको थियो ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com