काठमाडाैं । युक्रेन र रुसबिच चलिरहेको भीषण युद्धको बिचमा अमेरिकाले युक्रेनलाई केही हतियार दिन बन्द गरेको छ । ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले मंगलबार अमेरिकाको हितलाई सर्वोपरि राख्न यो निर्णय गरिएको बताइन् । अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोगको समीक्षा गरेपछि यो निर्णय लिइएको हो ।

फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बाैं डलरको सैन्य सहायता पठाएको छ । युक्रेनलाई सहयोग गर्दा अमेरिकी हतियारको भण्डार धेरै कम भएकोमा चिन्ता ट्रम्प प्रशासनका केही सदस्यहरूले व्यक्त गरेका छन् ।

advertisement

युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन । यद्यपि, अमेरिकी अधिकारीहरूले कुन हतियारको ढुवानी रोकिएको हो भनेर चाँहि बताएको छैन ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हतियारहरूमा हवाई रक्षा क्षेप्यास्त्र र सटीक हतियारहरू पनि समावेश छन् । रक्षा विभागले युक्रेनलाई सैन्य सहयोग जारी राख्न राष्ट्रपतिलाई बलियो विकल्पहरू प्रदान गर्न जारी राख्ने अमेरिकी रक्षा नीति उपसचिव एल्ब्रिज कोल्बीले भने ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com