काठमाडौं । युवा पुस्तामाझ अत्यधिक रुचाइएका हास्यकलाकार मेक्सम गौडेल स्वास्थ्यमा सुधार आएपछि पुनः कलाकारितामा फर्किने भएका छन्।
केही समयअघि प्यान्क्रियाजमा समस्या देखिएपछि भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएका गौडेलले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अब चाँडै दर्शकबीच फर्किने संकेत गरेका हुन्।
“केही महिना अघि अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा लागें। आवश्यक उपचार र विश्रामपछि अहिले स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदैछ,” उनले लेखेका छन्, “अब म फेरि तपाईंहरूले माया गर्नुभएको र मन पराउनुभएको क्षेत्रमा फर्किंदैछु।”
‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका गौडेल पछिल्लो समय ‘कमेडी नाइट विथ च्याम्पियन्स’ कार्यक्रममा देखिँदै आएका थिए। यस्तै, उनले ‘छक्कापञ्जा ५’, ‘फेरि रेशम फिलिली’ जस्ता चर्चित चलचित्रहरूमा अभिनय गरेर आफ्नो बहुप्रतिभा प्रमाणित गरिसकेका छन्।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया