काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरज दुराको राजीनामा माग गरेका छन्।

बुधबार बसेको समितिको बैठकमा बोल्दै सांसद गिरीले दुवै पदाधिकारीले नैतिक जिम्मेवारीका आधारमा पद त्याग गर्नुपर्ने बताएका हुन्। उनले सभापति खतिवडा र सचिव दुरा समितिको गरिमा र विश्वसनीयतामा आँच पुर्‍याउने कार्यमा संलग्न भएको आरोप लगाए।

advertisement

“नैतिकता गुमाइसकेका व्यक्तिहरूको उपस्थितिले समितिको साखमा गम्भीर धक्का पुगेको छ,” गिरीले भने, “उनीहरू पदमा रहिरहनु लज्जास्पद मात्र होइन, घिनलाग्दो पनि हो।”

सांसद गिरीको मागसँगै समितिमा आन्तरिक विवाद चुलिएको छ। यसबारे सभापति खतिवडाले कुनै प्रतिक्रिया जनाएका छैनन्।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com