काठमाडौं । भारतको अहमदाबादमा गत महिना भएको एयर इन्डिया विमान दुर्घटनाको वास्तविक कारण अझै खुलेको छैन। तर प्रारम्भिक विश्लेषण र फ्लाइट सिमुलेसनको आधारमा प्राविधिक समस्या मुख्य सम्भावित कारणका रूपमा देखिएको छ।

ब्लूमबर्गले उद्धृत गरेका स्रोतहरूका अनुसार, एयर इन्डियाका पाइलटहरूले दुर्घटनापछिको अवस्था पुनःनिर्माण गर्न फ्लाइट सिमुलेटरको प्रयोग गर्दा ल्यान्डिङ गियर झारिएको तर फ्ल्याप्स नझिकिएको अवस्था बनाए। तर, यस्तो संरचनामात्रले विमान दुर्घटनाको कारण बन्न नसक्ने देखिएको थियो।

advertisement

यता, दुर्घटनाग्रस्त विमानको अवशेषमा फ्ल्याप्स झिकिएको अवस्था देखिएको छ, जुन सामान्यतः अवतरणको क्रममा विमानलाई थप उडान शक्ति दिन प्रयोग गरिन्छ। यसले दुर्घटनाको समय विमान अत्यधिक ढिलो गतिको अवस्थामा रहेको संकेत गर्छ।

एयर इन्डियाले भने सिमुलेसन परिणामबारे कुनै टिप्पणी नगरेको बताइएको छ। कम्पनीका एक प्रवक्ताले इन्डिया टुडेसँग भनेका छन्, “यी सबै अनुमान मात्रै हुन्, अहिल्यै केही भन्न सक्दैनौं।”

अर्कोतर्फ, पूर्व अमेरिकी नेभी पाइलट क्याप्टेन स्टीव शेइबनरले दुबै इञ्जिन एकैपटक बन्द हुनु (Double Engine Failure) पनि सम्भावित कारण हुनसक्ने धारणा अघि सारेका छन्।

पाइलटहरूको सिमुलेसन परीक्षण औपचारिक सरकारी अनुसन्धानभन्दा अलग रूपमा गरिएको हो। त्यसमा ल्यान्डिङ गियर आंशिक रूपमा झुकेको र गियर ढोका बन्द अवस्थामा देखिएको छ, जसले हाइड्रोलिक प्रणालीमा गडबडी भएको संकेत गर्छ।

एयरक्राफ्ट एक्सिडेन्ट इन्भेष्टिगेसन ब्यूरो  हाल ब्ल्याक बक्सको डाटा विश्लेषण गर्दैछ। ब्ल्याक बक्सबाट प्राप्त सूचनाले दुर्घटनाको वास्तविक कारण, इञ्जिन बन्द हुनुको कारण र पाइलटको अन्तिम निर्णय प्रक्रिया बुझ्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

उक्त भीषण दुर्घटनामा चालक दलसहित २४१ जनाको ज्यान गएको थियो भने एक यात्रु मात्रै जीवित बच्न सफल भएका थिए। विमान उडेको केही सेकेन्डमै अहमदाबादस्थित एक मेडिकल कलेजको भवनमा ठोक्किएको थियो, जसले जमिनमा समेत ज्यानहानी भएको पुष्टि भएको छ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com