काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र चलिरहेको नेतृत्वबारेको बहस तत्काल रोक्न निर्देशन दिएका छन्।
बागमती प्रदेशस्तरीय भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको महाधिवेशनको मिति तोकिएको छैन भन्ने अवस्थामा नेतृत्वबारे चर्चा गर्नु अनुचित हुने बताएका हुन्।
“महाधिवेशनको समय निर्धारण नभएको अवस्थामा नेतृत्वको बहस पूर्ण रूपमा रोक्नुपर्छ,” पोखरेलले भने, “पार्टी पंक्ति अहिले नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्छ।”
उनका अनुसार पार्टीको विधान संशोधनसम्बन्धी प्रतिवेदन अझै तयार भइसकेको छैन। त्यो प्रतिवेदन केन्द्रीय कमिटीमा छलफलपश्चात मातहतका कमिटीहरूमा पठाइने जानकारी उनले दिए।
महासचिव पोखरेलले पार्टी एकताको सुदृढीकरण र संगठनात्मक तयारी नै अहिलेको मुख्य प्राथमिकता भएको स्पष्ट पारे।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया