काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले संघीय निजामती सेवा विधेयकमा गरिएको किर्ते कार्य र छेडखानी गम्भीर विषय भएको भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन्।
बुधवार काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै उनले विधेयकमाथिको छानबिन आवश्यक रहेको स्पष्ट पारे।
“निजामती विधेयकमा भएको हेरफेर कुनै हालतमा स्वीकार्य छैन,” सिंहले भने, “छानबिनमार्फत दोषी जो भए पनि कारबाही हुनुपर्छ।”
प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री सिंहले संसद् र सरकारको मर्यादा कायम राख्न विधेयकमाथिको ‘छेडछाड’लाई बेवास्ता गर्न नहुने धारणा राखे।
उनको भनाइमा, विधेयकमा गरिएको अनुचित परिवर्तनले राज्य संयन्त्रप्रति जनविश्वास गुम्न सक्छ, त्यसैले कुलिङ अफ पिरियडजस्ता संवेदनशील प्रावधानमा गरिएको हेरफेर गम्भीर अपराध हो र त्यसको जिम्मेवारी कसैले पनि भाग्न नपाउने बताएका छन्।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया