काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट लोकतान्त्रिक मूल्य र गणतन्त्रको मर्मअनुसार आएको दाबी गरेका छन्।

राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले बजेट तजबिजी (मनपरी) ढंगले नभई निर्धारित प्रणालीअनुसार तयार पारिएको स्पष्ट पारे।

advertisement

“बजेट कर्मकाण्डी होइन, तथ्य र आवश्यकता अनुरूप आएको छ। संसदबाट पारित भएपछि प्रभावकारी कार्यान्वयनमा जानेछ,” पौडेलले भने।

उनले ऋणको सीमा नियन्त्रण गर्न सरकार सचेत रहेको उल्लेख गर्दै उत्पादन र पूँजीगत खर्चमा बजेटको प्रभावकारी उपयोग गर्न विशेष ध्यान दिइने बताए।

राजस्व वृद्धिका लागि सरकारले करको दायरा विस्तार, चुहावट नियन्त्रण, सूचना प्रविधिको प्रयोग र राजस्व प्रशासन सुधारलाई प्राथमिकतामा राखेको अर्थमन्त्री पौडेलले  भने।

नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट हटाउने र सम्पत्ति शुद्धिकरण प्रणालीलाई सुदृढ बनाउने विषयमा सरकारले विशेष ध्यान दिएको पनि उनले बताए।

विलासिता करको थ्रेसहोल्ड हटाउने, सुन गहना व्यवसायीहरूको गुनासोबारे छलफल भइरहेको जानकारी दिँदै पौडेलले सहमतिमै साझा निष्कर्षमा पुगिने विश्वास व्यक्त गरे।

उनका अनुसार बजेट निर्माण प्रक्रियामा सांसदहरूले दिएका सुझावहरूलाई पनि यथासम्भव समेटिएको छ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com