काठमाडौं । बाराको सिमरास्थित जगदम्बा स्टील उद्योगमा बुधबार राति भएको भीषण विस्फोटपछि वातावरण तनावग्रस्त बनेको छ। राति करिब ९:१५ बजे उद्योगको फलाम पगाल्ने भट्टीमा अचानक विस्फोट हुँदा सिमरा क्षेत्रनै थर्किएको थियो।

विस्फोटपछि मानवीय क्षतिको आशंकाले आक्रोशित स्थानीय बासिन्दाहरू उद्योग परिसर घेराउ गर्दै विरोधमा उत्रिएका छन्। घटनास्थलको सुरक्षालाई मध्यनजर गर्दै उद्योग बाहिर एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिएको छ।

advertisement

यद्यपि, उद्योग प्रशासनले केवल एक जना भारतीय मजदुर घाइते भएको दाबी गरे पनि स्थानीयहरूले उक्त जानकारीमा शंका व्यक्त गर्दै वास्तविक तथ्य सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूको भनाइमा विस्फोटको स्वरूप र त्यसपछिको अवस्था हेर्दा ठूलो जनधनको क्षति भएको हुनसक्छ।

स्थिति झनै जटिल नबनोस् भनेर घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी वेद प्रकाश जोशीले अवस्था नियन्त्रणमा राख्ने प्रयास भइरहेको जानकारी दिँदै क्षतिको वास्तविक विवरण संकलनको काम अघि बढिरहेको बताएका छन्।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com