काठमाडौं । संवैधानिक इजलासले बहुमतको आधारमा ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिविरुद्ध दायर रिट निवेदन खारेज गरेको छ । साढे चार वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको यो मुद्दामा अन्ततः इजलासले नियुक्ति वैध ठहर गर्दै फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले उक्त रिटमाथिको सुनुवाइ गर्दै खारेज गर्ने निर्णय गरेको हो ।

advertisement

गत जेठ २८ गते इजलासले उक्त मुद्दामा सुनुवाइका लागि पेसी तोकेको थियो । सोहीअनुसार बुधबार सुनुवाइ सम्पन्न गर्दै इजलासले नियुक्ति प्रक्रियालाई संविधानसम्मत ठहर गर्दै रिट खारेज गरेको हो ।

यस निर्णयसँगै आयोगका ५२ पदाधिकारीहरूको पद जोगिएको छ । अदालतको यो फैसलाले लामो समयदेखि अन्योलमा रहेको संवैधानिक आयोगहरूको नेतृत्वमा स्थायित्व ल्याएको छ ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com