काठमाडौं । नेपालले एसीसी यु-१६ इस्ट जोन कपमा आज मलेसियासँग सेमिफाइनल खेल्दैछ। खेल सेलांगर टर्फ क्लबमा बिहान ७:४५ बजे सुरु हुनेछ।
नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणका सबै खेल जितेको थियो। मलेसिया भने समूह ‘बी’ को उपविजेता हो।
नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनको विशाल अन्तरले हराउँदै समूह विजेता बनेको थियो। यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई पनि पराजित गरेको थियो।
मलेसियाले समूह ‘बी’ मा हङकङसँग मात्र हार बेहोरेको थियो। उसले माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई भने हराएको थियो।
आजै सोही समयमा हुने अर्को सेमिफाइनल खेलमा हङकङले सिंगापुरसँग खेल्नेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। नेपाल यस प्रतियोगिताको साविक विजेता भएकाले उपाधि रक्षा गर्ने लक्ष्यमा छ।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया