काठमाडौं । नेकपा एकीकृत समाजवादी को सचिवालय बैठक बिहीबार बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ः बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, पतञ्जलि जग्गा प्रकरणबारे छलफल हुनेछ।

advertisement

पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताए।  त्यस्तै उनले अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गरेर पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल हुने बताए।

बुटवलमा पार्टीसम्बद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन्।

झाक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भूसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए। पार्टी अनुशासन आयोगले झाक्रीलाई तीन दिने स्पष्टीकरणसमेत सोधेको छ। त्यसको समय पनि आज सकिँदैछ। यसबारे बैठकमा छलफल हुन सक्ने खतिवडाले बताए।

‘अनुशासन आयोगले उहाँलाई स्पष्टीकरण सोधेको हो। त्यसबारे सचिवालयले निर्णय गर्ने कुरा त आएन तर आयोगले केही सिफारिस गर्न सक्छ,’ उनले भने।  एकीकृत समाजवादीका नेताहरूले झाक्रीलाई निलम्बनसम्मको कारबाही हुनसक्ने बताएका छन्।

आजको बैठकमा पतञ्जलि प्रकरणमा अध्यक्ष नेपालमाथि लागेको आरोप, अदालतमा विचाराधीन मुद्दा र त्यसपछिको परिस्थितिबारे छलफल हुने खतिवडाले बताए। ‘यसअघि स्थगित हुँदै आएका कतिपय कार्यसूची छन्। पार्टी संगठनका कामबारे पनि छलफल हुन्छ,’ उनले भने।

 

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com