काठमाडौं । इजरायलमा सहायक श्रमिक ९केयर गिभर०को रुपमा जान छानिएका ६६ जना नेपालीलाई करार सम्झौताका लागि सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

इरानसँगको युद्धको त्रास कम भएसँगै इजरायलले ६६ जना नेपालीको सम्झौता पत्र पठाएपछि विभागले भिसा लगायत थप प्रक्रियाका लागि सम्पर्कमा बोलाएको हो ।
वैदेशिक रोजगाार विभागका अनुसार असार २० गते र २२ गते सम्पर्क मिति तोकिएको छ ।

advertisement

क्रमसंख्या १ देखि ३३ सम्मका उम्मेदवारहरुलाई असार २० गते बिहान साढे १० बजे र ३४ देखि ६६ सम्मका उम्मेदवारहरुलाई असार २२ गते बिहान साढे १० बजे विभागको कार्यालय ताहचल काठमाडौंमा आउन भनिएको छ ।

सम्बन्धित उम्मेदवारहरुबाट सम्झौता गराई पीआईबीए, इजरायल पठाउन एवं भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा समेत पठाइने भएकाले सम्पर्कमा बोलाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार इजरायल र इनरानबिच युद्ध चर्किएपछि इजरायल जाने रोकिएको थियो । अहिले युद्धको त्रास कम भएसँगै पुनस् करार सम्झौता प्रक्रिया अघि बढेको हो ।

इजरायल जानका लागि छनोट भएका अरु नेपाली कामदारको पनि करार सम्झौतापत्र आउने वैदेशिक रोजगार विभागको विश्वास छ ।

पहिलो लटमा ६०० महिला र ४०० पुुरुष गरी एक हजार जनाको स्वास्थ्य परीक्षण गर्दा ९२३ जना सफल भएका थिए । उनीहरुले पूर्वप्रस्थान अभिमुुखीकरण तालिमसमेत लिईसकेका छन् । उनीहरु इजरायल जाने पर्खाइमा छन् । इजरायल सरकारले करार सम्झौता पठाएपछि भिसा लगायत प्रक्रिया पूरा गरेर उनीहरु इजरायल जान पाउने छन् ।

 

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com