काठमाडौं । पत्रकार दिलभूषण पाठक आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी बिहान ९ बजे अदालत पुगेका हुन्।

पाठकविरुद्ध साइबर ब्यूरोमा दर्ता भएको जाहेरीका आधारमा अदालतमा आज बयान लिने प्रक्रिया अघि बढाइएको छ। बयानपछि थुनछेक बहससमेत सुरु हुने जनाइएको छ।

advertisement

गत असार १६ गते साइबर ब्यूरोले पत्रकार पाठकमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरेको थियो। ब्यूरोमा दर्ता भएको जाहेरी नं. ५९ को आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

सरकारी पक्षले पत्रकार पाठकले विद्युतीय माध्यममार्फत गैरकानुनी सामग्री प्रकाशित गरेको दाबी गर्दै, ऐनको दफा ४७ अनुसार एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गरेको छ।

हाल अदालतमा उनकाे बयान लिने प्रक्रिया जारी छ भने त्यसपछि थुनछेक बहस हुनेछ।

 

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com