काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक चरम भ्रष्टाचार र अराजकताको चपेटामा परेको टिप्पणी गर्दै, यस्तो अवस्थाबाट मुक्ति दिलाउन अभिभावकको भूमिकामा राजसंस्थाको पुनर्स्थापना आवश्यक रहेको स्पष्ट पारेका छन्।

पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार भयानक रूपमा मौलाएको आरोप लगाए। उनले राज्य संयन्त्र असफल बन्दै गएको उल्लेख गर्दै, मुलुक अभिभावकविहीन भएकाले विदेशी हस्तक्षेप र चलखेल समेत बढिरहेको दाबी गरे।

advertisement

“अब कसैलाई डर, जवाफदेहिता वा राष्ट्रहितको चिन्ता छैन,” उनले भने, “राष्ट्रद्रोही क्रियाकलाप गर्न पनि कसैले हिचकिचाउनुपर्ने अवस्था रहेन।”

थापाले धर्मनिरपेक्षताको नाममा देशमा धर्मान्तरणको डढेलो फैलिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। यिनै कारणहरूकै सन्दर्भमा उनले राजसंस्थाको आवश्यकता फेरि महसुस गरिएको जनाए।

उनले भने, “राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र स्वतन्त्रताको संरक्षणका लागि राजसंस्था हाम्रो आस्था र विश्वासमा आधारित वैचारिक मार्गदर्शन हो।”

कार्यक्रममा राप्रपा नेपालका नेताहरू डा. विष्णु भण्डारी, केशवराज श्रेष्ठ, अञ्जना शाह रावल र जिवछ मिश्रले पनि आफ्नो धारणा प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com