काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध चर्को आलोचना गरेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी सचिवालय बैठकमा आफ्नो पक्ष राख्दैछिन्।
पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा सहभागी हुन झाँक्री केही समयअघि पुगेकी हुन्।
अध्यक्ष नेपालप्रति लक्षित गर्दै उनले ‘सिनो बोकेर हिँड्न सकिन्न’ भन्दै नेतृत्व परिवर्तनका लागि अर्ली महाधिवेशनको माग गरेकी थिइन्। उनको उक्त अभिव्यक्तिपछि नेकपा एसभित्र तीव्र असन्तुष्टि देखिएको छ।
झाँक्रीमाथि पार्टी अनुशासन आयोगले तीन दिनभित्र स्पष्टिकरण मागेको थियो। तर उनले औपचारिक पत्र आफूले नपाएको दाबी गर्दै सचिवालय बैठकमै आफ्नो धारणा राख्ने बताएकी हुन्।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया