रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

स्थानीय ३० वर्षीय रोहित साह सोनार बिहान करिब ७ः१५ बजे आफ्नै खेतमा सिँचाइका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

advertisement

घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट सई गजेन्द्र कुमारको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

गम्भीर अवस्थामा रहेका रोहितलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, कलैया (बारा) लगिएको थियो। तर, उपचारकै क्रममा बिहान ८ः०० बजे उनको मृत्यु भएको रौतहट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए।

हाल मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैयामै राखिएको छ।

घटना स्थल इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट करिब ५ किलोमिटर दक्षिणमा पर्छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com