काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आगामी दिनहरूमा एशियाली विकास बैंक (ADB) बाट कुनै पनि ऋण नलिने स्पष्ट घोषणा गरेका छन्।

खानेपानी तथा सरसफाइ मन्त्रालय, सिंहदरबारलाई आज पत्र लेख्दै मेयर राईले उक्त निर्णय सार्वजनिक गरेका हुन्। पत्रमा उनले धरानको दीर्घकालीन खानेपानी समाधानका लागि सप्तकोशीको पानी ल्याउने योजनाका विषयमा पटक–पटक मन्त्रालयमा धाउने काम गरेको उल्लेख गरेका छन्। साथै, आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारले उक्त योजनाका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी आफूलाई प्राप्त भएको तर बाँकी रकम सम्पूर्ण रुपमा ADB को ऋणमार्फत उपलब्ध गराउने तयारी भएको बुझिएको जनाएका छन्।

advertisement

विदेशी ऋणको भार देशमाथि थप्नु उपयुक्त नहुने धारणा व्यक्त गर्दै मेयर राईले अबदेखि धरानका योजनाहरू स्वदेशी स्रोत र साधनबाटै सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले यसअघि धरान उपमहानगरले लिएको ADB ऋण अझै तिर्न बाँकी रहेको उल्लेख गर्दै, अबका योजना आफ्नै राष्ट्रिय आम्दानीबाटै अघि बढाउन खानेपानी मन्त्रालयलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com