काठमाडौं ।  इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका पोर्चुगिज फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ। स्पेनको जमोरा प्रान्तमा भएको उक्त दुर्घटनामा २८ वर्षीय जोटासहित उनका दाजुको पनि ज्यान गएको हो।

स्पेनको समाचार संस्था मार्काका अनुसार जोटा सवार कार अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। दुर्घटनापछि गाडीमा आगो लागेको र त्यसले अवस्था झन गम्भीर बनाएको प्रारम्भिक विवरणमा उल्लेख छ। विस्तृत विवरण भने अझै सार्वजनिक भइसकेको छैन।

advertisement

डियोगो जोटा पोर्चुगल राष्ट्रिय टोलीका पनि महत्वपूर्ण सदस्य थिए। लिभरपुलका लागि उनले हालसम्म उल्लेखनीय प्रदर्शन गर्दै आएका थिए। केही दिनअघि मात्रै जोटाको विवाह सम्पन्न भएको थियो।

यो दुःखद घटकाले फुटबल जगतलाई स्तब्ध बनाएको छ। खेलप्रेमी, समर्थक तथा सहकर्मी खेलाडीहरू सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरिरहेका छन्। क्लब लिभरपुलले पनि आधिकारिक रूपमा शोक सन्देश प्रकाशित गर्दै जोटाको योगदानको सम्झना गरेको छ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com