काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पार्टीको केन्द्रीय समिति बैठकमा भ्रष्टाचारको आरोप खेपिरहेका नेताहरूले तथ्यहीन रूपमा आक्रमण गर्दा पार्टी मौन बस्ने प्रवृत्तिप्रति तीव्र आपत्ति जनाएका छन्।

बिहीबार बसेको केन्द्रीय समिति बैठकमा सिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतप्रति संकेत गर्दै भने, “भ्रष्टाचारको अभियोग लागेर संसदबाट निलम्बित व्यक्तिले पार्टीको आधिकारिक भूमिकाबाट अलग बसेर आफ्नो कमजोरी लुकाउने प्रयत्न गर्दै पार्टीलाई नै रक्षात्मक बनाइरहेका छन्।”

advertisement

उनले आरोपित व्यक्तिले पार्टीको मर्यादाभन्दा बाहिर गएर अनर्गल टिप्पणी गर्न पाउने र अरूले चुप लागेर हेर्नुपर्ने अवस्था नबनोस् भन्ने चेतावनी दिए। “प्रधानमन्त्री, सभापति, संवैधानिक निकायका पदाधिकारी र विशेषगरी महामन्त्री विरुद्ध विषवमन भइरहेको छ, र हामी भने टुलुटुलु हेरेर बसिरहेका छौं। यस्तो अवस्था कांग्रेसमा के स्थापित गर्न खोजिँदै छ ?” उनले सभापति देउवालाई प्रश्न गरे।

उनले कांग्रेसभित्र मर्यादा, अनुशासन र पदीय गरिमाको ख्याल राख्नुपर्नेमा जोड दिँदै भने, “कांग्रेस एउटा जिम्मेवार संस्था हो, यहाँ जो–सुकै पनि जे मन लाग्यो त्यही भन्ने छुट हुनुहुन्न।”

बुधबारको बैठकमा पूर्वमन्त्री बस्नेतले पार्टी महामन्त्री गगन थापामाथि प्रत्यक्ष आक्रमण गर्दै आफूमाथि अख्तियारले दायर गरेको मुद्दामा थापाको भूमिका रहेको आशय व्यक्त गरेका थिए। उनले कोही पनि सग्लो नरहेको दाबीसमेत गरेका थिए।

सिवाकोटीले यस्ता टिप्पणीहरू पार्टी भित्रको अनुशासनविपरीत रहेको भन्दै नेतृत्वलाई तत्काल स्पष्ट दिशा र हस्तक्षेपको आग्रह गरेका छन्।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com