काठमाडौं । विश्वप्रसिद्ध फुटबल क्लब रियल मड्रिडले नेपाली युवा खेलाडीहरूलाई आफ्नो एकेडेमी र तालिम कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित क्लबको घरेलु रंगशाला ‘सान्टियागो बर्नाबाउ’को भ्रमणका क्रममा क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले नेपाली प्रतिभाहरूलाई रियल मड्रिडको प्रशिक्षण र भर्ना प्रक्रियामा समावेश हुन स्वागत गरिने बताए।
भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले रंगशालाको अवलोकन गर्दै आफू रियल मड्रिडको समर्थक रहेको उल्लेख गरे। क्लबले उनलाई सम्मानस्वरूप ७ नम्बर अंक अंकित जर्सी पनि उपहार स्वरूप प्रदान गर्यो।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको कार्यक्रमका लागि स्पेन पुगेका थिए। भ्रमणमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र सचिव अमृतबहादुर राई तथा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल पनि सहभागी थिए।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया