काठमाडौं ।  नेपाली कांग्रेस ‘बीपी’का नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका छन्।

बिहीबार पार्टी मुख्यालय वनस्थलीमा सभापति सुशीलमान शेरचन, उपसभापति कर्ण मल्लसहितका नेताहरूले लामिछानेको पक्षमा हस्ताक्षर गर्दै राज्यले उनीमाथि राजनीतिक प्रतिशोध लिएको आरोप पनि लगाए।

advertisement

भैरहवा कारागारमा रहेका लामिछानेको समर्थनमा रास्वपाले देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ। रास्वपाले लामिछानेको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै उनको रिहाइको माग गर्दै आएको छ।

गत असार ७ गते पार्टीको तेस्रो स्थापना दिवसमा २० पृष्ठ लामो अपिल सार्वजनिक गर्दै लामिछानेले हस्ताक्षर संकलन अभियानको घोषणा गरेका थिए। त्यसैअनुसार अभियान सञ्चालन भइरहेको छ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com