काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोले चितवन घर भई ललितपुरको बाडेगाउँ बस्दै आएका ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट बिहिबार ३ दिनका लागि म्याद थप भएको साइबर ब्यूरोले जनाएको छ ।

advertisement

गायिका चौहानले साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या भएको भन्दै दिएको उजुरीका आधारमा राईलाई पक्राउ गरिएको हो ।

 

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com