काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमण सम्पन्न गरी शुक्रबार आज स्वदेश फर्कंदै छन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली असार १४ गते स्पेन गएका थिए ।
भ्रमणको अन्तिम दिन बिहीबार प्रधानमन्त्री ओलीले स्पेनमा रहेका नेपाली समुदायसँग पनि भेट गरेका थिए ।
बिहीबार नै ओली दोहा हुँदै नेपाल फर्कने क्रममा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओली शुक्रबार अपराह्न काठमाडौँ आइपुग्नुहुने जनाइएको छ । अन्तर्राष्ट्रिय विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एक दशकको अन्तरालमा स्पेनको सेभिया सहरमा आयोजना गरिएको थियो ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया