काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ।

मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर ९प्रदेश ३–०१–००२ झ ५३६७० नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले हराइरहेको सो गाडी खोजी गरिदिनका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाडौँलाई समेत पत्राचार गरिसकेको छ। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले असार १५ गते पत्राचार गरेको हो।

advertisement

पत्रमा उल्लेख छ, “यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरण अनुसारको चारपाङ्ग्रे सवारीसाधन विगत केही समय अघिदेखि हराइरहेको हुँदा उक्त सवारीसाधन जहाँ जस्तो जुन अवस्थामा छ, खोजतलास गरिदिनुहुन साथै प्रचलित कानुनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारबाही अगाडि बढाइदिनुहुन असार १५ गतेको निर्णय अनुसार अनुरोध गरिन्छ।”

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको गाडी खोजिदिन प्रहरीमा पठाइएको बताए। उनले सो सम्बन्धमा अहिलेसम्म प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको जानकारी दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले भने हराएको भनिएको गाडी मन्त्रालयका सचिवको घरमै रहेको र गाडी प्राप्त भइसकेको दाबी गरेका छन्। उनले यो कुरामा कुनै दम नरहेको र केही व्यक्तिद्वारा ‘स्टन्टबाजी’ गरिएको आरोप लगाए।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com