फ्रेन्चाइज टोली जनकपुरले बिहिबार सामाजिक सञ्जालमार्फत मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका विकेट किपर ब्याटर आशिफ शेख सहित अनिल शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकार र तुलबहादुर थापा मगरलाई निरन्तरता दिइएको जनाएको हो ।
पहिलो संरकणमा जनकपुरका सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । अब विराटनगर किङ्ग्सले रिटेन र रिलिज भएका खेलाडीको सूची सार्वजनिक गर्न बाँकी छ ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया