काठमाडौं । हेटौंडाको राप्ती रोडमा बिहीबार राति साढे ११ बजे मोटरसाइकल दुर्घटना हुँदा कालिका मावि राक्सिराङका प्रधानाध्यापकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडमा भएको मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापक दिपेन्द्रकुमार झाको मृत्यु भएको हो ।

advertisement

हेटौंडाको बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राप्ती रोडमा ह्युमपाइप राख्न सडक खनिएको थियो । सोही खनिएको स्थानमै मोटरसाइकल दुर्घटना भई प्रधानाध्यापक झाको ज्यान गएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । धनुषाको जनकपुर–४ घर भएका ४५ वर्षीय झा १५ वर्षदेखि उक्त विद्यालयमा प्रधानाध्यापक पदमा कार्यरत रहेका थिए ।

 

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com