काठमाडौं । रुसले अफगानिस्तानमा तालिबान नेतृत्वलाई आधिकारिक मान्यता दिएको छ। बिहीबार, तालिबानलाई ‘प्रतिबन्धित संगठन’को सूचीबाट हटाउँदै रुसले औपचारिक मान्यता प्रदान गरेको एजेन्सी एपीले जनाएको छ। यससँगै, तालिबान शासनलाई मान्यता दिने रुस पहिलो देश बनेको हो।

सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि यसरी पाएको यो पहिलो अन्तर्राष्ट्रिय मान्यता हो। रुसी विदेश मन्त्रालयले अफगानिस्तानका नयाँ राजदूत गुल हसन हसनबाट ओहोदाको प्रमाणपत्र प्राप्त गरेको घोषणा गरेको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सरकारी मान्यताले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउनेछ।”

advertisement

यस ऐतिहासिक निर्णयलाई अफगानिस्तानको विदेश मन्त्रालयले स्वागत गरेको छ। मन्त्रालयले रुसको कदमलाई अन्य राष्ट्रका लागि पनि प्रेरणादायी उदाहरणको रूपमा प्रस्तुत गर्दै सकारात्मक मूल्यांकन गरेको छ।

तालिबानले २०२१ को अगस्टमा अमेरिका र नेटो फौजको फिर्तापछि अफगानिस्तानको शासन हातमा लिएको थियो। सत्ता सम्हालेयता तालिबानले इस्लामिक कानुनको कठोर व्याख्या लागू गर्दै अन्तर्राष्ट्रिय मान्यता खोज्ने प्रयास गरिरहेको छ।

यद्यपि रुसभन्दा अघि कुनै पनि राष्ट्रले तालिबान सरकारलाई आधिकारिक मान्यता दिएको थिएन। यद्यपि, तालिबानले चीन, संयुक्त अरब इमिरेट्सलगायत केही मुलुकसँग सीमित कूटनीतिक सम्बन्ध बनाइसकेको छ।

तर, महिलामाथि कडा प्रतिबन्धलगायतका कारण तालिबान सरकार अझै पनि अन्तर्राष्ट्रिय समुदायबाट टाढिएको छ। रुसको यो निर्णयले अब विश्व राजनीति र कूटनीतिमा नयाँ बहसको सुरुवात गर्न सक्ने संकेत देखिएको छ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com