काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले संसदमा प्रस्तुत हुने विधेयकहरूमा गम्भीर अध्ययनपछि मात्र संशोधन प्रस्ताव गर्नु उपयुक्त हुने धारणा राखेकी छन्।

शनिबार बसेको समितिको बैठकमा बोल्दै सांसद कार्कीले नीति निर्माण संवेदनशील विषय भएकाले कुनै पनि विधेयकमा हतारमा संशोधन ल्याउँदा नकारात्मक असर पर्न सक्ने चेतावनी दिइन्। “संशोधनको लागि पर्याप्त समय दिइन्छ, त्यसकारण त्यसलाई अध्ययन गरेर मात्र अघि बढ्दा राम्रो नीति निर्माण सम्भव हुन्छ,” उनले भनिन्।

advertisement

उनले हालैको राज्य व्यवस्था तथा सुशासन समितिमा उठेको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रकरणलाई उदाहरण दिँदै त्यसबाट सांसदहरूले गम्भीर पाठ सिक्नुपर्ने आवश्यकता औँल्याइन्। “उक्त घटनाले संसदमा प्रस्तुत प्रत्येक दफाको गहिरो अध्ययनको आवश्यकता देखाएको छ,” उनले भनिन्।

समितिको बैठकमा शनिबार ‘ऐन कार्यान्वयनको मापन’ विषयक छलफल भएको थियो। सांसदहरूले कानुन बनाइसकेपछि त्यसको कार्यान्वयन कत्तिको प्रभावकारी छ भन्ने विषयमा समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: २१ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com