बैतडी । गृहमन्त्री रमेश लेखकले आज बैतडी जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका छन्।

बिहानको भ्रमणमा गृहमन्त्री लेखकले जिप्रकासहित जिल्लाका विभिन्न प्रहरी इकाइहरूको अवस्थाबारे जानकारी लिएका हुन्। निरीक्षणका क्रममा कार्यालयमा भवनको अभाव, महिला–बालबालिका सेवा केन्द्र र प्रहरी ब्यारेकको आवश्यकता जस्ता विषयमा ध्यानाकर्षण गराइएको थियो।

advertisement

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्र मिश्रका अनुसार भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न गृहमन्त्रीसँग आग्रह गरिएको हो। “गृह मन्त्रालयकै प्राथमिकतामा राखेर आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन गृहमन्त्रीले दिनुभएको छ,” डिएसपी मिश्रले बताए।

निरीक्षणपश्चात गृहमन्त्री लेखकले बैतडीको समग्र शान्ति सुरक्षा अवस्थाबारे पनि ब्रिफिङ लिएका थिए। भ्रमणको सिलसिलामा गृहमन्त्री लेखकले बिहान बैतडीको प्रसिद्ध धार्मिक स्थल जगन्नाथ मन्दिरमा पूजाआजा गरेका थिए।

गृहमन्त्री लेखक आजै बैतडीबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित मिति: २१ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com