काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीति शुद्ध नबनाएसम्म मुलुकका अन्य क्षेत्र सुधार हुन नसक्ने चेतावनी दिएका छन्।

शनिबार चन्द्रलोक प्रतिष्ठानले राजधानी काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले देशको राजनीति गम्भीर रूपमा विकृत भइसकेको भन्दै त्यसलाई सुधार नगरी अन्य क्षेत्रमा परिवर्तनको अपेक्षा गर्नु भ्रम मात्र हुने टिप्पणी गरे।

advertisement

“राजनीति अहिले फोहर भइसकेको छ,” भट्टराईले भने, “यो फोहर राजनीतिलाई सफा पार्न हामी लागिरहेका छौं। राजनीति सुध्रिएपछि मात्र कानुन, संविधान र शासन प्रणालीमा सुधार सम्भव हुन्छ।”

उनले शिक्षा क्षेत्रको सन्दर्भमा पनि निजी क्षेत्रलाई पूर्ण रूपमा अलग गर्न नसकिने तर्क राख्दै सार्वजनिक र निजी क्षेत्रको सहकार्यबाट मात्र गुणस्तरीय शिक्षा प्रणाली निर्माण गर्न सकिने बताए।

कार्यक्रममा विभिन्न सामाजिक, शैक्षिक र साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: २१ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com