काठमाडाैं । एएफसी महिला एसियन कप २०२६ मा स्थान बनाउने नेपालको सपना यो पटक अधुरै रह्यो। शनिबार राति सम्पन्न निर्णायक खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोली घरेलु टिम उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबीच ३–३ को रोमाञ्चक बराबरी भएपछि नतिजा पेनाल्टीमार्फत् तय गरिएको थियो। तर, निर्णायक क्षणमा नेपाल दुर्भाग्यशाली सावित भयो। पेनाल्टीमा दुई प्रहार चुकाउँदै नेपाल ऐतिहासिक छनोटमा पुग्ने अवसरबाट चुक्यो।
यसअघि खेलमा नेपालले अद्भुत पुनरागमन गरेको थियो। ३–१ ले पछि परेको अवस्थामा कप्तान सावित्रा भण्डारीले प्रभावशाली ह्याट्रिक गर्दै नेपाललाई पुनः खेलमा फर्काएकी थिइन्। उनको उत्कृष्ट प्रदर्शनले लाखौं समर्थकको मन जित्यो, तर अन्ततः नतिजा नेपालको पक्षमा आउन सकेन।
यो हारसँगै नेपाली महिला टोलीको एएफसी महिला एसियन कप २०२६ खेल्ने सपना टुटेको छ।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार













प्रतिक्रिया