काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आम्दानीको सम्भावना नभएका क्षेत्रमा लगानी गर्नु अर्थहीन हुने टिप्पणी गरेका छन्।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले वैदेशिक ऋण लिई आम्दानी नहुने परियोजनामा खर्च गर्नु राष्ट्रिय हितविपरीत हुने बताएका हुन्।

advertisement

उनले जनसंख्याको घनत्वलाई आधार मानेर भौतिक पूर्वाधार निर्माण गर्नु उपयुक्त हुने सुझाव दिए। भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थलहरू लागतिलो भए पनि प्रयोजनहीन बनेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

“भैरहवा र पोखराका विमानस्थलहरू सञ्चालनमा नआउनु गम्भीर विषय हो,” उनले भने, “यस्ता परियोजनामा देखिएका अनियमितता छानबिन हुनुपर्छ।”

सिंहले वैदेशिक ऋणको दुरुपयोग गर्दै भ्रष्टाचारका निम्ति आयोजना अघि बढाउने प्रवृत्तिको कडा आलोचना गरे।

उनको भनाइमा, “जहाँ नागरिकको घनत्व बढी छ, त्यहाँ पूर्वाधार निर्माण गर्दा त्यसको सदुपयोग बढी हुन्छ। तर हाल उल्टो ढंगले योजना बनाउने प्रवृत्ति देखिएको छ, जसले स्रोतको अपव्यय मात्र गरिरहेको छ।”

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com