काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा फेरि थप समय माग गरेका छन् । आइतबारकाे शिक्षा समितिको बैठकमा बोल्दै मन्त्री पन्तले केही विषयमा थप छलफल आवश्यक रहेको बताउँदै थप समय माग गरेका हुन् ।
शिक्षक महासङ्घलाई ६०/४० मनाउन सफल भएको बताउँदै उनले थप विषयमा छलफल बाकी रहेको बताउँदै समय माग गरेका हुन् । ‘आजको बैठकमा टुङ्ग्याउने भनेका थियौ। आजको बैठकमा केही समय चाहिने भयो। अलिकति थप समय चाहियो, ‘मन्त्री पन्तले भने ।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार













प्रतिक्रिया