काठमाडौँ  ।  विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारले अब पाँच दिनभित्र निष्कर्ष ल्याउनुपर्ने भएको छ। आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई ५ दिनको अल्टिमेटम दिएको हो।

समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई ५ दिनभित्र सहमति जुटाएर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्। उनले सरकारले संसदीय समितिलाई ‘खेलौना’जस्तो बनाएको आरोप पनि लगाए।

advertisement

बैठकमा मन्त्री पन्तले शिक्षक महासङ्घसँग वार्ता जारी रहेकाले अझै केही समय आवश्यक पर्ने बताएका थिए। तर सभापति थापाले सरकार र सांसदहरूको सुझावप्रति बेवास्ता गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै यस्तो प्रवृत्ति दोहोरिएमा गम्भीर हुन चेतावनीसमेत दिए।

शिक्षामन्त्री पन्तले असार १६ गतेदेखि नै सहमति जुटाउन समय माग्दै आएका छन्।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com