काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारले अब पाँच दिनभित्र निष्कर्ष ल्याउनुपर्ने भएको छ। आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई ५ दिनको अल्टिमेटम दिएको हो।
समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई ५ दिनभित्र सहमति जुटाएर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्। उनले सरकारले संसदीय समितिलाई ‘खेलौना’जस्तो बनाएको आरोप पनि लगाए।
बैठकमा मन्त्री पन्तले शिक्षक महासङ्घसँग वार्ता जारी रहेकाले अझै केही समय आवश्यक पर्ने बताएका थिए। तर सभापति थापाले सरकार र सांसदहरूको सुझावप्रति बेवास्ता गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै यस्तो प्रवृत्ति दोहोरिएमा गम्भीर हुन चेतावनीसमेत दिए।
शिक्षामन्त्री पन्तले असार १६ गतेदेखि नै सहमति जुटाउन समय माग्दै आएका छन्।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार













प्रतिक्रिया