काठमाडौं । राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक भेटघाटहरू तिब्र पारेकी छन्। यही क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेकी छन्।

विश्वसनीय स्रोतका अनुसार, गत बिहीबार मेयर बालेन पूर्वराष्ट्रपति भण्डारीको निजी निवास भंगाल पुगेका थिए। सो भेटवार्ता एमालेका एक नेताको समन्वयमा तय गरिएको थियो।

advertisement

भेटका क्रममा भण्डारीले काठमाडौं महानगरपालिकामा देखिएको पछिल्लो विवादप्रति चासो व्यक्त गरेकी थिइन्। विशेष गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन भइरहेको ढिलाइबारे जानकारी लिँदै उनले कारणबारे मेयर शाहसँग जिज्ञासा राखेकी थिइन्।

‘उहाँले बजेट र नीति कार्यक्रम नआउनुको कारणबारे गम्भीर चासो देखाउनुभयो,’ बालेननिकट एक स्रोतले भन्यो, ‘मेयरले पनि आफूले भोगिरहेको प्रशासनिक जटिलता र कार्यपालिका भित्रको असहमतिको विषयमा प्रस्ट पारे।’

महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरूबीच देखिएको असहमतिको कारण कार्यपालिका बैठक नै बस्न सकेको छैन। बैठक नबसी नीति कार्यक्रम र बजेट अगाडि बढ्न नसक्दा प्रशासनिक प्रक्रिया प्रभावित भएको हो।

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय चासोले काठमाडौंको स्थानीय राजनीति नयाँ मोड लिने संकेत देखिएको छ।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com