काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीभित्र ‘निषेधको निषेध’ भन्ने अवधारणा व्यवहारमा लागू हुन नसक्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै बास्कोटाले पार्टीको सातवटा महाधिवेशनसँगको आफ्ना अनुभव स्मरण गराएका छन्। उनले २०३९–४५, २०४७–४९, २०५२–५४, २०५८–५९, २०६५, २०७१ र २०७७–७८ का महाधिवेशनमा आफू कहिले नजिकबाट अवलोकनकर्ता, त कहिले प्रत्यक्ष सहभागीको हैसियतमा संलग्न रहेको उल्लेख गरेका छन्।

advertisement

“को–कसले के गरे, कहाँ थिए, अहिले कहाँ छन् भन्ने सबै जानकारी छ,” बास्कोटाले लेखेका छन्, “मेरो भनाइ यत्ति हो – केही कुरा बाँकी राखेर बोल, ताकि मतान्तरबीच पनि मुस्कुराउँदै सँगै यात्रा गर्न सकियोस्।”

उनले थप प्रस्ट पारेका छन्, “पार्टीमा निषेधको निषेध भन्ने आदर्श देखावटी मात्र हो, व्यवहारमा लागू हुने खालको होइन।”

उनको यो अभिव्यक्ति पार्टीभित्र देखिएको आन्तरिक मतभेद र नेतृत्व तहमा भइरहेका आरोप–प्रत्यारोपबीच आएको छ। बास्कोटाको टिप्पणी नेतृत्वलाई लक्षित संकेतको रूपमा पनि हेरिएको छ।

 

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com