काठमाडौं । रुसका पूर्व यातायात मन्त्री रोमन स्टारोभोइट सोमबार मृत अवस्थामा फेला परेका छन्। रुसी जाँच समितिका अनुसार उनी मस्को नजिकै ओडिन्टसोभो क्षेत्रमा कारभित्र मृत फेला परेका हुन्।

स्टारोभोइटलाई सोमबारै राष्ट्रपति व्लादिमीर पुटिनले मन्त्री पदबाट हटाएका थिए। बर्खास्तीको कारण सार्वजनिक गरिएको थिएन। केही घण्टामै उनका सहमन्त्री एन्ड्रे निकितिनलाई कार्यवाहक मन्त्रीको जिम्मेवारी दिइएको थियो।

advertisement

रुसी जाँच समितिले घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको बताएको छ। प्रारम्भिक अनुमान अनुसार उनको मृत्युलाई आत्महत्या मानिएको छ।

रोमन स्टारोभोइट सन् २०२४ मेदेखि यातायात मन्त्री थिए। त्यसअघि करिब ९ वर्षसम्म उनी कुर्स्क क्षेत्रका गभर्नर रहेका थिए।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको रुसी अधिकारीहरूले जनाएका छन्।

 

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com