काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
नेपालले आगामी भदौ २१ र २४ गते बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दुवै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । यी खेलहरू फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत पर्छन् ।
सो मैत्रीपूर्ण खेल नेपालका लागि एएफसी एसियन कप छनोटको तयारीमा महत्वपूर्ण हुनेछन्।एसियन कप छनोटको समूह ‘एफ’ मा नेपालसगै मलेसिया, लाओस र भियतनाम छन् ।
समूह चरणमा नेपालले हालसम्म दुई खेल खेल्दा दुवैमा पराजित भएको छ । नेपालले मलेसिया र लाओसविरूद्ध अवे खेलमा पराजय भोगेको थियो ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार













प्रतिक्रिया