काठमाडौँ । रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिबारे समीक्षा गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक आज दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने भएको छ।

सोमबार राति आएको भीषण बाढीका कारण हालसम्म १८ जना बेपत्ता भएका छन्। बाढीका कारण नेपाल विद्युत् प्राधिकरण तथा यसको मातहतका आयोजनाबाट उत्पादन भइरहेको करिब २०० मेगावाट विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

advertisement

त्यसैगरी, रसुवागढी भन्सारमा राखिएका सयभन्दा बढी सवारीसाधन बाढीले बगाएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com