काठमाडौँ । रसुवामा आएको बाढीले पुर्याएको क्षतिबारे समीक्षा गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक आज दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने भएको छ।
सोमबार राति आएको भीषण बाढीका कारण हालसम्म १८ जना बेपत्ता भएका छन्। बाढीका कारण नेपाल विद्युत् प्राधिकरण तथा यसको मातहतका आयोजनाबाट उत्पादन भइरहेको करिब २०० मेगावाट विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
त्यसैगरी, रसुवागढी भन्सारमा राखिएका सयभन्दा बढी सवारीसाधन बाढीले बगाएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार












प्रतिक्रिया