काठमाडौं । रसुवामा आएको बाढीबाट जनधनको ठूलो क्षति पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका सबै पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेका छन्। बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सरकार युद्धस्तरमा खटिएको प्रधानमन्त्रीले बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले जानकारी दिँदै भनेका छन्, “तिब्बतको सीमावर्ती क्षेत्रमा परेको भारी वर्षाले त्रिशूली नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। यस कठिन घडीमा उद्धार र राहतमा कुनै कसर बाँकी नरहोस् भनेर सरकार पूर्ण रूपमा परिचालित छ।”

advertisement

प्रधानमन्त्रीका अनुसार बाढीका कारण केही नागरिकको मृत्यु भएको र केही बेपत्ता रहेको पुष्टि भएको छ। यस दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले पीडितप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्। साथै, उनले सुरक्षा निकायहरूसँग नियमित सम्पर्कमा रही उद्धार तथा राहत प्रयासको प्रत्यक्ष निगरानी गरिरहेको पनि उल्लेख गरेका छन्।

अत्यावश्यकबाहेकका सबै निर्धारित कार्यतालिका स्थगित गरी प्रभावित क्षेत्रका उद्धार र राहत कार्यमा तीव्र समन्वय भइरहेको छ। सरकारी संयन्त्र, सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिइसकिएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले उद्धारमा संलग्न सम्पूर्ण पक्षहरूलाई सहयोग गर्न देशवासीसँग अपील गर्दै, आपतकालीन सहायता र पुनःस्थापना कार्यलाई शीघ्रता दिनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com